रामेछाप : रामेछाप जिल्लाको सुनापति गाउँपालिका-४, बेथान, भौगोलिक रूपमा विकट, वरिपरि भिराला डाँडाकाँडा र जेनतेन पुगेको धुलाम्मे कच्ची सडक । बाहिरबाट हेर्दा यो एउटा सामान्य दुर्गम गाउँ लाग्छ ।
ढुङ्गा र माटोले बनेका पुराना घरहरू अनि बिहानैदेखि घाँस-दाउरामा व्यस्त हुने ग्रामीण जीवन यहाँको परिचय ह...