Below Menu

पूर्वाधार विकास समितिको कार्ययोजनाको खाका तयार 

पूर्वाधार विकास समितिको कार्ययोजनाको खाका तयार 

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भावी कार्ययोजनाको खाका तयार पारेको छ । समितिको आज बसेको बैठकले समितिको भावी कार्ययोजनाको खाका तयार पारेको हो । 

Sponsored Advertisement

समितिको कार्ययोजना अनुसार कार्यक्षेत्रमा पर्ने १७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये एउटाको विस्तृत अध्ययन गरी त्यसका आधारमा अन्य १६ वटा आयोजनाको अनुगमन गरिने भएको छ ।  
 
मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गरी तत्काल सञ्चालनका लागि निर्देशन दिने निर्णय पनि आजको बैठकले गरेको छ । समितिले ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको फ्लाइओभर, टेकुको पक्की पुल, सिंहदरबाभित्र निर्माणाधिन संसद् भवन, काठमाडौँ उपत्यकामा दोस्रो चरणमा विस्तार भएका सडक आयोजना, मुग्लिन–नारायणघाट सडकखण्डलगायत आयोजनाको पनि अनुगमन गरी सरोकार भएका निकायलाई निर्देशन दिने सभापति दीपकबहादुर सिंहले बताए ।

बैठकमा सांसदहरु प्रदीप पौडेल, माधव सापकोटा, निशा डाँगी, प्रेमबहादुर महर्जन, प्रतिमा गौतम, उर्मिला माझीलगायतले समितिको कार्यक्षेत्रमा पर्ने विषयमा अब नियमित छलफल गरी सरकारी निकायलाई निर्देशन दिनुपर्ने बताएका थिए । 

थप समाचार