Below Menu

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ समितिको निर्देशन

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ समितिको निर्देशन

काठमाडौं : नयाँ स्टक एक्सचेञ्ज लाइसेन्स प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डलाई अर्थ समितिले निर्देशन दिएको छ ।

Sponsored Advertisement

शुक्रबार बेलुका बसेको समिती बैठकले बोर्डलाई निर्देशन दिएसँगै अब तिहार लगत्तै लाइसेन्स प्रक्रिया अघि बढ्ने सम्भावना बढेको छ। सर्बोच्च अदालतको संबैधानिक इजलासले यसअघि नै लाइसेन्स प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।

केही समय अघि मन्त्री परिषद्को बैठकबाट लाइसेन्स प्रक्रिया रोक्न बोर्डलाई निर्देशन दिएको थियो । प्रधानमन्त्रीले निर्देशन अनुसार प्रक्रिया नै रोकेर बसेको थियो । संसदीय समितिले लाइसेन्सको बाटो खोलिदिएपछि अब भने सरकारमाथि पनि दवाब बढेको छ । 

नयाँ स्टक एक्सचेञ्जका लागि हिमालयन स्टक, नेसनल स्टक र अन्नपूर्ण स्टकले आवेदन दिएका छन् । 

थप समाचार