Below Menu

स्वास्थ्य सम्बन्धी नियमावलीलाई स्वीकृत प्रदान गर्ने बागमती प्रदेश सरकारको निर्णय

स्वास्थ्य सम्बन्धी नियमावलीलाई स्वीकृत प्रदान गर्ने बागमती प्रदेश सरकारको निर्णय

मकवानपुर : बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली, २०८१ र प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन) नियमावली, २०८१ लाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

Sponsored Advertisement

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार उक्त बैठकले निजामति सेवाका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका अधिकृतलाई कामकाजमा खटाउने, परियोजना सम्झौता (प्रोजेक्ट एग्रिमेन्ट)मा राय÷सहमति प्रदान गर्ने र राय÷सहमतिमा हस्ताक्षर गर्न आधिकारिक प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ । 
 

थप समाचार