Below Menu

स्वास्थ्य बीमा वापत ६६ अर्ब भुक्तानी, चालु आवमा पठायो साढे पाँच अर्ब 

स्वास्थ्य बीमा वापत ६६ अर्ब भुक्तानी, चालु आवमा पठायो साढे पाँच अर्ब 

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले गत वर्षको पुरानो दाबी वापत थप ३५ करोड बढी रकम भुक्तानी गरेको छ । बोर्ड आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको आधारमा ३५ करोड ४२ लाख ७ हजार ८१५ रुपैयाँ भुक्तानी गरेको हो । 

Sponsored Advertisement

गत फागुन १५ गतेको बोर्डको निर्णयअनुसार स्वास्थ बीमा कार्यक्रम सञ्चालन गरेका सेवा प्रदायक केन्द्रहरुमा पाँचौ पटकको भुक्तानी पठाएको हो ।

बोर्डले गत आवको तेश्रो त्रैमास अवधिसम्मको दाबीवापत चालू आवको चौथो किस्तावापत गत माघ मसान्तमा कुल पाँच अर्ब १३ करोड ९६ लाख ४९ हजार २३५ रूपैयाँ भुक्तानी गरि सकेको छ ।

बोर्डले चालु आवको तेस्रो त्रैमाससम्म पाँच अर्ब ४९ करोड ३८ लाख ५७ हजार ५० रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो । हालसम्म बोर्डले स्वास्थ्य बीमा बापतको करिब ६६ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रम शुरु भएदेखि हालसम्म बीमा वापतको ६५ अर्ब ९९ करोड ९७ लाख ७६ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो ।

बोर्डका अनुसार हालसम्म सात प्रदेशका २०८ वटा सेवा प्रदायक संस्थाहरुले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका छन् ।

बोर्डका अनुसार एक करोड रूपैयाँभन्दा बढी सोधभर्ना प्राप्त गर्ने अस्पतालहरूमा प्रमुख अस्पतालहरू महाराजगञ्ज शिक्षण अस्पताल, वीर अस्पताल, गंगालाल हृदय रोग उपचार केन्द्र, धुलिखेल अस्पताल, भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, सुर्खेत प्रादेशिक अस्पताल, गण्डकी प्रादेशिक अस्पताल, कोशी प्रादेशिक अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर छन् ।
 

थप समाचार