Below Menu

वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हट्यो

वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हट्यो

रौतहट : पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहान ७ बजेदेखि हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

Sponsored Advertisement

सोही अनुसार  जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला सुरक्षा समितिको सिफारिसमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार  शुक्रबार बिहान ७ बजेदेखि निषेधाज्ञा हटाइएको  प्रशासनले जारी गरेको सूचना उल्लेख छ।

पछिल्लो समय सहरमा शान्ति र स्थिरता कायम भएको मूल्याङ्कन गर्दै प्रशासनले निषेधाज्ञा पूर्ण रूपमा हटाउने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

उनका अनुसार वीरगञ्जको शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएकाले  सबै समुदायलाई सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । हनुमान जयन्तीको शोभा यात्राका क्रममा भएको दुई सामुदायिकबिचको झडपपछि वैशाख १ गतेदेखि वीरगञ्ज महानगरपालिकाभित्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शङ्कराचार्य गेट क्षेत्रमा निषेधाज्ञा लागू गरिएको थियो ।

वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएपछी जनजीवन सामान्य बन्दै गएको छ।

थप समाचार