Below Menu

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै

काठमाडौं : हरेक वर्षको डिसेम्बर ९ मा विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनान्छ । आजको दिन भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ।

Sponsored Advertisement

सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो।

यस वर्षको अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस को नारा ‘भ्रष्टाचारविरुद्ध युवासँग एकताबद्ध हुँदैः भोलिको अखण्डता निर्माण गर्दै’ भन्ने रहेको छ । यस वर्षको नाराले युवालाई नेतृत्वदायी भूमिका खेल्न र समाजमा पारदर्शिता, जिम्मेवारी र इमानदारीको मूल्य बढाउन प्रेरित गर्दछ । यस वर्षको नाराले भ्रष्टाचार विरुद्धको अभियानमा युवाको सक्रिय सहभागिताले भविष्य सुरक्षित र न्यायपूर्ण बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने कुरा प्रष्ट पार्दछ।

नेपालको संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ मा आयोगको गठन सम्वन्धी व्यवस्था गरिएको छ भने धारा २३९ मा आयोगको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ।

संविधानमा भएको व्यवस्था बमोजिम कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दूरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ।

थप समाचार