Below Menu
Below Menu

झिनो अंकले बढ्यो शेयर बजार, चार अर्ब २९ करोडमा समेटियो कारोबार 

झिनो अंकले बढ्यो शेयर बजार, चार अर्ब २९ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.५७ अंकले बढेर २७३६.१७ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १.५४ अंकले घटेर २७३३.५९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १२७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा चार अर्ब २९ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा छ अर्ब ४४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २८ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा, कालिञ्चोक हाइड्रोपावर, सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावर कम्पनी रहेका छ । आज यी कम्पनीको शेयरमूल्य १४.९८ प्रतिशतले बढेको हो । आज प्रभु बैंक डिबेञ्चरको शेयरमूल्य ८.७१ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार