Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, चार अर्ब ४१ करोडमा समेटियो कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, चार अर्ब ४१ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से ४ अंकले घटेर २७२४.०३ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब ४१ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा चार अर्ब ३४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३८ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको हो । आज ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य ७.९४ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार