Below Menu

सुनको मूल्य तोलामा तीन हजार दुई सयले घट्यो, चाँदी पनि सस्तियो 

सुनको मूल्य तोलामा तीन हजार दुई सयले घट्यो, चाँदी पनि सस्तियो 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार दुई सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १०५ रुपैयाँले घटेको छ । 
 
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला तीन हजार ८२५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Sponsored Advertisement

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ९३० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार