काठमाडौं : मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कार्तिक १६ गते सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३.६८ प्रतिशत लाभांश वितरया गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले हुन आउने ९ करोड ८८ लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.६८४२ प्रतिशतका दरले हुन आउने ५२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्या गरेको हो ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको साधारण सभाले अनुमोदन भएपछि शेयरधनीहरुमा वितरण गरिने छ । हाल कम्पनीको चुक्ता पुँजी ७६ करोड रुपैयाँ रहेको छ । बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ८५ करोड ८८ लाख रुपैयाँ पुग्नेछ ।