काठमाडौं : सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापालाई नियुक्त गरेको छ।
अर्थ मन्त्रालयद्वारा गठित छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
शपथपछि अर्थमन्त्री वाग्लेले बीमा क्षेत्रको साख अभिवृद्धिका लागि निडर र निर्धक्क भएर काम गर्न नवनियुक्त अध्यक्ष थापालाई निर्देशन दिए।