Below Menu

आईएमई लाइफको जीवन बीमाकोष ४० प्रतिशतले बढ्यो, खुद नाफा १४ करोड १२ लाख ! 

आईएमई लाइफको जीवन बीमाकोष ४० प्रतिशतले बढ्यो, खुद नाफा १४ करोड १२ लाख ! 

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा १४ करोड १२ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

Sponsored Advertisement

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १०.७८ प्रतिशतले कम हो । गत आवको सोही अवधिसम्म कम्पनीले १५ करोड ८३ लाख १४ रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ३८ करोड ९ लाख ९१ हजार रुपैयाँबाट घटेर ३३ करोड १८ लाख ३१ रुपैयाँमा झरेको छ । जसका कारण नाफा बढेको हो । 

समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी पनि गत वर्ष एक अर्ब ९८ करोड तीन लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर दुई अर्ब ५६ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क आर्जन ४२.४५ प्रतिशतले बढेको छ । यस अवधिमा खुद बीमाशुल्क दुई अर्ब १८ करोड ८५ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले एक अर्ब ५३ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

गत वर्षको असोज मसान्तसम्म १४ अर्ब १८ करोड ६२ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमाकोषको आकार चालू आवको सोही अवधिमा ४०..८३ प्रतिशतले बढेर १९ अर्ब ९७ करोड ७९ लाख रुपैयाँ कायम भएको छ।

यद्यपी समिक्षा अवधिमा कम्पनीको अभिकर्ता कमिशनको खर्च पनि बढेको छ । असोज मसान्तसम्म इन्स्योरेन्सले अभिकर्ता कमिशनमा १८ करोड ५६ लाख ४० हजार रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड १४ लाख एक हजार रुपैयाँ खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा ३७ करोड १२ लाख १२ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो भुक्तानी २६ करोड ३५ लाख ७२ हजार रुपैयाँ थियो ।  

यस अवधिमा कम्पनीको नाफा बढेसँगै वार्षिक प्रतिशेयर आम्दानी पनि घटेको छ । गत वर्षको असोजसम्म १२.६७ रुपैयाँ रहेको कम्पनीको यस्तो आम्दानी घटेर ११.३० रुपैयाँमा झरेको छ । यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ३८.८८ गुणा गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९.१८ रुपैयाँ रहेको छ।

असोज मसान्तसम्म पाँच अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोष ३२ करोड ८८ लाख ९० हजार रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ८१ करोड ६४ लाख १९ हजार रुपैयाँ र अन्य इक्विटीमा २८ करोड ९६ लाख ८१ हजार रुपैयाँ सञ्चित छ।

थप समाचार