विधि, नियम मिचेर थुप्रो मान्छे भेला गर्दैमा कांग्रेस बलियो हुँदैन : प्रकाशमान सिंह
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र प्रक्रिया मिचेर गरिने गतिविधिले कांग्रेसलाई कमजोर बनाउने बताएका छन्।
बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगर अधिवेशनको उद्घाटन समारोहमा बोल्दै सिंहले पार्टीभित्र अहिले देखिएको विवादलाई विधि र प्रक्रियाअनुसार समाधान गर्...