Below Menu

कृषि विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

कृषि विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

काठमाडौं : कृषि विकास बैंकले आगामी चैत १४ गते १६ औं वार्षिक साधारण सभा डाकेको छ। तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे साधारण सभा बोलाएको हो।

Sponsored Advertisement

सभाले हाल कायम चुक्ता पूँजीको २ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाका लागि फागुन ३० गते बुक क्लोज गर्ने बैंकले जनाएको छ । फागुन २९ गतेसम्म कायम रहने सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

थप समाचार