Below Menu

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा सुयोग श्रेष्ठ

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा सुयोग श्रेष्ठ

काठमाडौं : डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ निर्वाचित भएका छन्।

Sponsored Advertisement

एशोसियसनको शुक्रबार चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको हो। 

नवनिर्वाचित समितिको उपाध्यक्षमा महालक्ष्मी बिकास बैंकका सिईओ बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैंकका सिईओ राम कुमार गिरी र कोषाध्यक्षमा लुम्बिनी विकास बैंकका सिईओ नरेश सिंह बोहरा निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरुमा साइन रेसुंगा डेभलपमेण्ट बैंकका सिईओ प्रकाश पौडेल, ज्याति विकास बैंकका सिईओ श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेण्ट बैंकका सिईओ डा. इन्द्र कट्टेल निर्वाचित भएका छन्।

नवनियुक्त कार्य समितिको सपथ ग्रहण समेत भएको छ । 

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले विकास बैंकहरुको हक र हितका लागि कार्य गर्ने प्रतिबद्धता जनाए । ९० वटा विकास बैंक घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु उपलब्धि भएको बताए।

थप समाचार