Below Menu

आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ। मौद्रिक नीतिबारे छलफल गर्न राष्ट्र बैंक सञ्चालक समितिको बैठक जारी छ । राष्ट्र बैंक व्यवस्थापनले मौद्रिक नीतिको खाका तयार गरेको भए पनि सञ्चालक समितिले आवश्यक थपघट गरेपछि मात्रै सार्वजनिक हुनेछ। 

Sponsored Advertisement

राष्ट्र बैंकले वैदेशिक मुद्राको सञ्चितिलाई असर नगर्ने, ब्याजदर नियन्त्रण गर्ने लगायतका उपायसहित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। विशेषगरी ब्याजदर नियन्त्रण र कर्जा लगानीमा उदार हुने गरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउनुपर्ने निजी क्षेत्रको माग छ।

यता बैंक तथा वित्तीय संस्थाले भने निक्षेप गणनामा राष्ट्र बैंकले खुकुलो नीति ल्याउनुपर्ने अपेक्षा गरेका छन्।

थप समाचार