Below Menu

सिनर्जी पावर डेभलपमेन्टको ५० प्रतिशत हकप्रदमा आजदेखि बिक्रीमा 

सिनर्जी पावर डेभलपमेन्टको ५० प्रतिशत हकप्रदमा आजदेखि बिक्रीमा 

काठमाडौं : सिनर्जी पावर डेभलपमेन्टको आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्रीमा ल्याएको आउने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

Sponsored Advertisement

कम्पनीले चुक्ता पुँजीको २ः१ को अनुपात अर्थात ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य बराबरको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । ।

हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपश्चात चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ पुग्नेछ । हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले साउन १२ गते बुकक्लोज गरिसकेको छ ।

जस अनुसार साउन ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन  सक्नेछन्। कम्पनीका अनुसार लगानीकर्ताले हकप्रद शेयरमा भदौ २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद शेयर खरिदका लागि लगानीकर्ताले सानिमा क्यापिटल तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै सि आस्वा प्रणाली र मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ ।
 

थप समाचार