Below Menu

आइएमई पेबाट ‘सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान’को भुक्तानी सजिलै गर्न सकिने

आइएमई पेबाट ‘सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान’को भुक्तानी सजिलै गर्न सकिने

काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो  ‘सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान’ (सीप) को रकम  भुक्तानी गर्न सक्ने भएका छन् । सीप भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एनआईसी एशिया क्यापिटल तथा कुमारी क्यापिटल सँग सम्झौता गरेको हो । 

Sponsored Advertisement

सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरूले एनआईसी एशिया क्यापिटलको एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको सीप इन्सटलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी गर्न सक्नेछन् ।  

पछिल्लो केही समय यता पुँजी बजारमा एसआईपी लोकप्रिय बन्दै आईरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई पेले आफ्नो सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पेका सीइओ प्रवीन रेग्मी ले बताए । 

थप समाचार