Below Menu

तीन महिनामा दुई हजार ५१८ युनिट इभि गाडी आयात, साढे तीन अर्ब उठ्यो राजस्व 

तीन महिनामा दुई हजार ५१८ युनिट इभि गाडी आयात, साढे तीन अर्ब उठ्यो राजस्व 

काठमाडौं : सरकारले चालु आर्थिक वर्षको तीन महिनामा दुई हजार बढी विद्युतीय गाडी आयात गरेको छ । भन्सार विभाग तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म २ हजार ५१८ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको हो । 

Sponsored Advertisement

यस अवधिमा सरकारले ६ अर्ब ११ करोड ६० लाख रुपैयाँ बराबरको उक्त संख्यामा गाडी आयात गरेको हो । आयातित गाडीबाट तीन अर्ब ७४ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

उक्त संख्या गत वर्षको सोही अवधिको तुलनामा १७.९३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा नेपालले पाँच अर्ब १७ करोड ७१ लाख २५ हजार रुपैयाँ बराबरको २ हजार १२५ युनिट विद्युतीय गाडी आयात गरेको थियो । 

नेपालमा विश्वप्रसिद्ध ब्रान्डका ५० किलोवाटदेखि ३०० किलोवाटका  विद्युतीय गाडी आयात हुने गरेका छन् । यस अवधिमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् । यस सेग्मेन्टमा चार अर्ब १६ करोड ३४ लाख मूल्यका एक हजार ५८२ गाडी भित्रिएका छन् ।

सबैभन्दा धेरै विद्युतीय गाडी छिमेकी मुलुक चिनबाट आउने गरेको छ भने भारत, कोरिया, जर्मन, इन्डोनेसिया, अमेरिका लगायतका मुलुकहरूबाट पनि नेपालमा विद्युतीय सवारी आयात हुने गरेको छ ।

असोज मसान्तसम्म नेपालले ५० किलोवाटसम्मका एक अर्ब ३९ करोड १९ लाख मूल्य बराबरका ७७२ युनिट गाडी आयात गरेको छ । त्यस्तै १०१ देखि २०० किलोवाटका १५९ युनिट, २०१ देखि ३०० किलोवाटसम्मका तीन ओटा गाडी भित्रिएका छन् भने ३०० किलोवाटमाथिका बिजुली गाडी पाँच युनिट आयात भएका छन् ।
 

थप समाचार