Below Menu

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट, १९ हजार ५१९ जनाले पाए शेयर 

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट, १९ हजार ५१९ जनाले पाए शेयर 

काठमाडौं : स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बिहिबार संस्थाको आईपीओ बाँडफाँट भएको हो।

Sponsored Advertisement

लघुवित्तले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका आईपीओ निष्कासन गरेको थियो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका एक लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गरेको थियो । 

संस्थाका आईपीओमा २४ लाख ४० हजार ४६० जनाले कुल २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २४ लाख ३६ हजार ३९३ आवेदन स्वीकृत भएको थियो भने २ हजार ३०० आवेदन रद्द भएको थियो।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको आईपीओ बाँडफाँट गरिएको हो । जस अनुसार १९ हजार ५१९ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। 

गोलाप्रथाबाट बाँडफाँट गर्दा बाँकी रहेको ५ कित्ता शेयर पनि सोही लगानीकर्ताहरुलाई वितरण गरिएको छ। जस अनुसार ५ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।


 

थप समाचार