काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य मंगलबारकै मूल्यमा कारोबार भएको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ३७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment