काठमाडौं : नेपालका लागि सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले “सुजुकी समर सर्भिस क्याम्प” सञ्चालन गर्ने घोषणा गरेको छ।
आगामी वर्षा ऋतु र मनसुनपूर्वको मौसमलाई ध्यानमा राख्दै सुरु गरिएको यो राष्ट्रव्यापी सेवा अभियान २०२६ जुन ७ देखि ९ (वि.सं. २०८३ जेठ २४ देखि २६) सम्म देशभरका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरहरूमा सञ्चालन हुनेछ।
नेपालमा गर्मी बढ्दै गएको र मनसुन नजिकिँदै गर्दा भारी वर्षा, चिप्लो सडक तथा बदलिँदो मौसमका कारण सवारी साधनको प्रदर्शन र सुरक्षामा चुनौती आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै यो अभियान ल्याइएको कम्पनीले जनाएको छ।
यस क्याम्पमार्फत सुजुकी गाडीधनीहरूले आफ्नो सवारी साधनको सम्पूर्ण जाँच, मर्मत तथा आवश्यक सर्भिस सुविधा एकै स्थानमा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
यस विशेष सर्भिस क्याम्पअन्तर्गत ग्राहकहरूले स्पेयर पार्ट्समा १० प्रतिशत, लुब्रिकेन्टमा १० प्रतिशत तथा लेबर चार्जमा २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ। साथै, सुजुकी डायग्नोस्टिक टुलमार्फत सवारी साधनको निःशुल्क कम्प्युटराइज्ड जाँच गरिनेछ।
सामान्य सवारी निरीक्षण, एयर कन्डिसनिङ तथा हिटर प्रणालीको परीक्षण र ब्याट्रीको अवस्था जाँच पनि निःशुल्क रूपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
|
स्पेयर पार्टस (Spare Parts) |
१०% विशेष छुट |
|
लुब्रिकेन्ट (Lubricants) |
१०% विशेष छुट |
|
लेबर चार्ज (Labour Charges) |
२०% छुट |
|
सुजुकी डाइग्नोस्टिक टूल (SDT) जाँच |
निःशुल्क |
|
सामान्य सवारी निरीक्षण |
निःशुल्क |
|
हिटर तथा एयर कन्डिसनिङ जाँच |
निःशुल्क |
|
ब्याट्री परीक्षण |
निःशुल्क |
सेवा सुविधासँगै यस अभियानलाई अझ आकर्षक बनाउन लक्की ड्रको व्यवस्था समेत गरिएको छ। क्याम्प अवधिभर आफ्नो सवारी साधन सर्भिस गराउने ग्राहकहरूमध्येबाट भाग्यशाली विजेताहरू चयन गरिनेछ, जसअन्तर्गत दश जना विजेताले काठमाडौं उपत्यकाको रमणीय पर्यटकीय गन्तव्य नगरकोटस्थित भंगेरी दरबार रिसोर्टमा विशेष लक्जरी स्टेकेसन प्याकेज जित्ने अवसर पाउनेछन्।
यो पुरस्कारमार्फत ग्राहकहरूलाई दैनिक व्यस्त जीवनबाट केही समय विश्राम लिई प्राकृतिक वातावरणमा आरामदायी अनुभव गर्ने अवसर प्रदान गरिने कम्पनीको विश्वास छ।
सीजी मोटोकर्पले देशभरका सम्पूर्ण सुजुकी सवारी साधनधनीहरूलाई नजिकको अधिकृत सर्भिस सेन्टरमा उपस्थित भई यस विशेष अभियानको लाभ लिन र आगामी मनसुन सिजनका लागि आफ्नो सवारी साधनलाई पूर्ण रूपमा तयार अवस्थामा राख्न हार्दिक आग्रह गरेको छ।
Advertisment