Below Menu
Below Menu

सानिगाढ हाइड्रोको आईपीओ बाँडफाँट, चार लाख ६७ हजार बढीले पाए शेयर 

सानिगाढ हाइड्रोको आईपीओ बाँडफाँट, चार लाख ६७ हजार बढीले पाए शेयर 

काठमाडौं : सानिगाढ हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले गत जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ सोमबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ करोड ७४ लाख रुपैयाँ बराबरको ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको थियो।

कम्पनीको आईपीओमा २७ लाख ५९ हजार ४९० जनाले ३ करोड १ लाख ३२ हजार ५०० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। आवेदन दिएकामध्ये २७ लाख २७ हजार ५१५ जनाको आवेदन सदर भएको छ भने बाँकी आवेदन रद्द भएका छन्। 

मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो । जसअनुसार ४ लाख ६७ हजार ४०० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। 

कम्पनीले बझाङमा ३४.४६ मेगावाटको अपर कालंगा गाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुन देखि व्यापारिक उत्पादन गरिरहेको छ। 

Advertisment

थप समाचार