Below Menu
Below Menu

काठमाडौं महानगरद्वारा साढे नौ अर्ब राजस्व संकलन, घरबहाल करबाट मात्रै उठ्यो तीन अर्ब बढी

काठमाडौं महानगरद्वारा साढे नौ अर्ब राजस्व संकलन, घरबहाल करबाट मात्रै उठ्यो तीन अर्ब बढी

काठमाडौं : काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा साढे नौ अर्ब रुपैयाँ राजस्व संकलन गरेको महानगरले जेठ मसान्तस्म्म ९ अर्ब ६९ करोड ९२ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । 

उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा ७.७९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा महानगरले ८ अर्ब ९८ करोड ६० लाख ५५ हजार रुपैयाँ राजस्व उठाएको थियो । 

महानगरले चालु आवका लागि १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । यस अवधिमा महानगरले लक्ष्यको ६४.१७ प्रतिशत राजस्व संकलन गरेको छ । 

महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा ९९ करोड ५३ लाख ५४ हजार रुपैयाँ संकलन भएको छ । महानगरले घरबहाल करबाट सबैभन्दा बढी तीन अर्ब छ लाख ५८ हजार रुपैयाँ रहेको छ । महानगरले ३१ वटा शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ । 

जेठ मसान्तसम्म महानगरले पर्यटन शुल्कबाट १७ करोड ८८ लाख ८ हजार रुपैयाँ, पार्किङ शुल्कबाट एक करोड २१ लाख ४८ हजार रुपैयाँ, घरजग्गा रजिष्ट्रेसन दस्तुर एक अर्ब ४१ करोड ४३ लाख छ हजार रुपैयाँ र अन्य सेवाशुल्कबाट १६ करोड ७० लाख ३९ हजार रुपैयाँ राजस्व उठाएको छ ।

यस्तै महानगरले नक्सापास दस्तुरबाट ३६ करोड ८३ लाख ७० हजार रुपैयाँ, व्इवसाय रजिष्ट्रेसन दस्तुर ५८ करोड लाख ३१ हजार रुपैयाँ र प्रशासनिक दण्ड जरिवाना र जफतबाट ४ करोड ४३ लाख ८८ हजार रुपैयाँ रहेको छ । 

Advertisment

थप समाचार