Below Menu

सिटिजन लाइफको साढे तीन करोड कित्ता शेयरको लक इन अवधि भदौ २७ गतेबाट सकिँदै 

सिटिजन लाइफको साढे तीन करोड कित्ता शेयरको लक इन अवधि भदौ २७ गतेबाट सकिँदै 

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर बिक्री (लकइन पिरियड) भदौ २७ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

Sponsored Advertisement

कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि तीन करोड ५७ लाख ५० हजार कित्ता शेयर लकइनमा राखेको थियो ।

कम्पनीले तीन करोड ५० लाख कित्ता योग्य संस्थापक लगानीकर्ताका लागि बाँडफाँट गरी सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये सात लाख ५० हजार कित्ता कर्मचारीहरुका लागि बाँडफाँट गरी लकइनमा राखेको थियो । 

उक्त शेयरको लकइन अवधि खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

थप समाचार