Below Menu

माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Sponsored Advertisement

बैंकले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसका साथै, बैंकले अग्राधिकार शेयरतर्फ ८.२५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिनेछ।

थप समाचार