Below Menu

सिटिजन्स बैंक इन्टरनेशनलद्वारा लाभांश घोषणा 

सिटिजन्स बैंक इन्टरनेशनलद्वारा लाभांश घोषणा 

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि ४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Sponsored Advertisement

बैंकले हाल कायम चुक्ता पुँजीको ३.८० प्रतिशतका दरले हुन आउने ५८ करोड ९२ लाख ८३ हजार ६१४ दशलमव ३४ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२० प्रतिशतका दरले हुन आउने तीन करोड १० लाख १४ हजार ९२७ दशलमव २३ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिनेछ।

थप समाचार