Below Menu

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । 
 
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला तीन हजार ९८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Sponsored Advertisement

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ९७० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार