Below Menu

दश महिनामा १० लाख नाघ्यो पर्यटक आगमन, अक्टोबरमा मात्रै भित्रिए एक लाख ३२ हजार बढी 

दश महिनामा १० लाख नाघ्यो पर्यटक आगमन, अक्टोबरमा मात्रै भित्रिए एक लाख ३२ हजार बढी 

काठमाडौं : पछिल्लो समय नेपालको पर्यटन क्षेत्रमा पर्यटक आगमनको निरन्तरता सुधारोन्मुख देखिएको छ । चालु आर्थिक वर्ष सन् २०२६ को दश महिनामा १० लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छ । 

Sponsored Advertisement

पर्यटन बोर्डका अनुसार जनवरीदेखि अक्टोबरसम्ममा १० लाख ८ हजार ६१६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२६ को अक्टोबर महिनामा एक लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

बोर्डले सावर्जनिक गरेको तथ्याङ्क अनुसार अक्टोबरमा हवाई मार्ग हुँदै कुल एक लाख ३२ हजार ८१४ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका हुन् । यो सङ्ख्या गत वर्ष (सन् २०२५) को सोही अवधिको तुलनामा ३.४ प्रतिशतले बढी हो ।

गत वर्षको अक्टोबरमा एक लाख २८ हजार ४४३ जना पर्यटक नेपाल आएका थिए । नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठूलो हिस्सा संयुक्त राज्य अमेरिकाको रहेको छ । 

यस अवधिमा संयुक्त राज्य अमेरिकाबाट १७ हजार ४३७ जना (१३.१३ प्रतिशत) पर्यटक नेपाल भित्रिएका छन् । गत वर्ष अमेरिकाबाट १३ हजार २८६ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

त्यसैगरी भारतबाट कुल १२ हजार ९७ जना पर्यटक आएका छन्, जुन कुल आगमनको ९.११ प्रतिशत हो । गत वर्ष भारतबाट १७ हजार २९८ जना पर्यटक आएका थिए ।

अक्टोबरमा चीनबाट हुने आगमनमा भने उल्लेख्य वृद्धि देखिएको छ । चीनबाट अक्टोबरमा ११ हजार ६९५ जना (८.८१ प्रतिशत) पर्यटक भित्रिएका छन् । गत वर्ष ५ हजार ७५५ जना मात्र चिनियाँ पर्यटक आएका थिए । 

त्यसैगरी, बेलायतबाट ९ हजार २३५, अस्ट्रेलियाबाट ९ हजार ३३२ जना, जर्मनीबाट ६ हजार ११४ जना र श्रीलंकाबाट ५ हजार ५६० जना पर्यटक नेपाल आएका छन् । यस अवधिमा बंगलादेशबाट चार हजार ८९३ जना, फ्रान्सबाट चार हजार १६४ र म्यानमारबाट तीन हजार २५ जना पर्यटक आएका छन् । 

क्षेत्रगत हिसाबले युरोपबाट सबैभन्दा बढी ३९ हजार ८७७ जना (३० प्रतिशत० पर्यटक आएका छन्, जुन गत वर्षभन्दा १६३.२ प्रतिशतले बढी हो । 

अन्य एसियाली मुलुकहरूबाट हुने आगमनमा १६.०९ प्रतिशतको वृद्धि भई २७ हजार ४० जना पुगेको छ भने अमेरिका क्षेत्रबाट १० हजार १०७ जना (२९.६ प्रतिशत) र ओसियानाबाट १० हजार १४३ जना पर्यटक आएका छन् ।

यद्यपि, दक्षिण एसियाली (सार्क) मुलुक, मध्यपूर्व अफ्रिका र अन्य क्षेत्रबाट आउने पर्यटकको सङ्ख्यामा भने केही गिरावट आएको छ । दक्षिण एसियाली (सार्क) मुलुकहरुबाट २४ हजार ५३ जना (१७.२) प्रतिशतले कम), मध्यपूर्वका क्षेत्रबाट २ हजार ३३५ जना ३४.२ प्रतिशतले कम पर्यटक नेपाल आएका छन् 

थप समाचार