Below Menu

कालंगा हाइड्रोले कमायो छ करोड ७३ लाख खुद नाफा, प्रतिशेयर आम्दानी कति ?

कालंगा हाइड्रोले कमायो छ करोड ७३ लाख खुद नाफा, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं : कालंगा हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले छ करोड ७४ लाख ४९ रुपैयाँ नाफा कमाएको छ । 

Sponsored Advertisement

उक्त नाफा गत आवको सोही अवधिको तुलानमा ७४.९८ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले तीन करोड ८४ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी बढेका कारण नाफामा उल्लेख्य वृद्धि देखिएको हो । कम्पनीको वित्तीय खर्च पनि घटेको छ ।

गत वर्ष १५ करोड ९६ लाख एक हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी असोज मसान्तसम्म आइपुग्दा १६ करोड ८५ लाख ४७ हजार रुपैयाँ पुगेको छ । जुन ३.२४ प्रतिशतले बढी हो । 

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ११ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कुल नाफा ११ करोड २६ लाख रुपैयाँ थियो । त्यस्तै, कम्पनीको वित्तीय खर्च पनि समीक्षा अवधिमा ५ करोड ७५ लाख ५३ हजार रुपैयाँबाट घटेर चार करोड ३० लाख ४७ हजार रुपैयाँमा झरेको छ ।

पहिलो त्रैमाससम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ४.२३ रुपैयाँबाट बढेर ४.८१ रुपैयाँ पुगेको छ । त्यस्तै यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १०३.३१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ६७ पैसा रहेको छ।

असोज मसान्तसम्म एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित कोषमा नौ करोड ३३ लाख ११ हजार रुपैयाँ जम्मा भएको छ ।   

थप समाचार