Below Menu

सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो 

सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले घटेको छ ।
 
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला तीन हजार ६७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Sponsored Advertisement

सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।