काठमाडौं : एभरेष्ट कलर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा लगनाीकर्ताले आजसम्म आवेन दिन सक्नेछन ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.२३ प्रतिशत अर्थात सात करोड रुपैयाँ ९० बराबरको सात लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये ७९ लाख रुपैयाँ बराबरको ७९ हजार शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै सामूहिक लगानी कोषहरुका लागि ३९ हजार ५०० कित्ता र कर्मचारीहरुका लागि १५ हजार ८०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
बाँकी रहेको ६ करोड ५५ लाख ७० रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
Advertisment