काठमाडौं : कालंगा हाइड्रोको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले गत जेठ ८ देखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बुधबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो।
कम्पनीको आईपीओमा २९ लाख एक हजार ९२४ जनाले तीन करोड १५ लाख ९२ हजार २५० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए।
आवेदन दिएकामध्ये २८ लाख ६० हजार ७६६ जनाको आवेदन सदर भएको छ भने बाँकी आवेदन रद्द भएका छन्। मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो । जसअनुसार २ लाख ८७ हजार जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
Advertisment