Below Menu
Below Menu

झिनो अंकले बढ्यो शेयर बजार, सुधारिएन कारोबार 

झिनो अंकले बढ्यो शेयर बजार, सुधारिएन कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन बुुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ६.३१ अंकले घटेर २७०५.४५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १२६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ६३ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ४ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २१ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको हो । आज एनएमबी बैंक डिबेञ्चरको शेयरमूल्य ८.६४ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार