काठमाडौं : युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक १३ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांंश वितरण गर्ने गरेको हो।
कम्पनीले प्रतिकित्ता १ हजार ५४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई बाँडफाँट गर्नेछ।
लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ९ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जसअनुसार मंसिर ८ गतेसम्म कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।